Comments Add Comment

Advertisment

SKIP THIS

तुलसीपुर उपमहानगरको बजेट एक अर्ब ८६ करोड

१० असार , काठमाडौं । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को अनुमानित आय–व्यय बजेट सार्वजनिक गरेको छ । उपमहानगर उपप्रमुख स्यानी चौधरीले रु एक अर्ब ८६ करोड ४७ लाख ७९ हजारको अनुमानित बजेट सार्वजनिक गरेका छन् ।

आन्तरिक स्रोतबाट ३० करोड १२ लाख, स्थानीय तह राजस्व बाँडफाँट मालपोत रजिष्ट्रेशनबाट १० करोड, अल्या बैंक मौज्दात चार करोड ५० लाख गरी कूल आन्तरिक आम्दानी ४४ करोड ६२ लाख अनुमान गरिएको छ ।

त्यस्तै सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानमा समानीकरण अनुदान ३३ करोड ६२ लाख, सःशर्त अनुदान ६२ करोड ९१ लाख, समपूरक अनुदान रु एक करोड ६० लाख, विशेष अनुदान एक करोड ३० लाख र राजस्व बाँडफाँट रकम २३ करोड ५५ लाख तीन हजार रहेको उपप्रमुख चौधरीले जानकारी दिए ।

त्यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान एक करोड ५६ लाख, सःशर्त अनुदान एक करोड ६० लाख, समपूरक अनुदान तीन करोड, विशेष अनुदान ८० लाख र राजस्व बाँडफाँट तीन करोड ३१ लाख ७६ हजार र अन्य सङ्घसंस्था अनुदानमा नगरविकास कोष ऋण रु सात करोड, युनिसेफ अनुदान ६० लाख र सडक बोर्ड नेपाल रु एक करोड प्राप्त हुने अनुमान गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै