Comments Add Comment

Advertisment

SKIP THIS

क्रोएसिया पठाइदिने भन्दै ठगी गर्ने विशाललाई प्रहरीले बागबजारबाट पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको वषन्तपुर बस्ने ३५ वर्षीय विशाल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। श्रेष्ठविरुद्ध रकम ठगी गरेको उजुरी परेको थियो।

सोही उजुरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रेष्ठलाई मंगलबार बागबजारबाट पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने,त्यसका लागि ७ लाख रुपैयाँ लाग्ने भन्दै पीडितबाट १ लाख ४ हजार रुपैयाँ लिएर उनी फरार भएका थिए।

थप अनुसन्धान तथा कारवाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचाल पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै