Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको गोकर्णबाट नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ

काठमाडौं । राजधानीको गोकर्णेश्‍वर नगरपालिका-४ गोकर्ण हनुमान चोकबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । १ हजार दरको २४ थान नक्कली नोटसहित काठमाडौं काँडाघारी बस्ने रामेछाप दिमपोखरी घर भएकी ४० वर्षीया सरिता तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै