Comments Add Comment

Advertisment

SKIP THIS

प्रधान सेनापति शर्माद्वारा दर्ज्यानी चिन्ह प्रदान

११ पुष , काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनामा हालै विशेष बढुवा भएका र मानार्थकाे दर्जा पाएका दुई जना उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को यहि ३ गतेको निर्णय अनुसार उपरथी दर्जामा विशेष बढुवा भएका सहायक रथी कृष्ण प्रसाद सापकोटा र मानार्थ उपरथी दर्जामा बढुवा भएका सहायक रथी सुशिल कुमार भण्डारीलाई प्रधानसेनापति शर्माले सोमबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै