Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानसेनापति शर्माद्वारा दर्ज्यानी चिन्ह प्रदान

२६ जेठ काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले पदोन्नति भएका सैनिक अधिकारीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

नेपाल सरकार, मन्त्रीपरिषद्को यहि जेठ २३ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी दिपक कुमार बानियाँ, सहायक रथी होमनाथ दवाडी र सहायक रथी यामप्रसाद ढकाललाई प्रधानसेनापति शर्माले बुधबार जंगी अड्‌डामा आयोजित कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

पदोन्नती भएका उपरथी बानियाँ श्री नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्ष, उपरथी दवाडी श्री निरीक्षणाधिकृत विभागका विभागीय प्रमुख र उपरथी ढकाल श्री युद्ध-मद्दती तथा युद्ध-सेवा मद्दती विभागका विभागीय प्रमुखमा नियुक्ति भएका छन् ।

साथै नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा, मन्त्रीपरिषद्को सोही निर्णय बमोजिम सहायक रथी दर्जामा पदोन्नती भएका दुई जना महा सेनानीहरुलाई प्रधानसेनापति शर्माले सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै