Comments Add Comment

Advertisment

SKIP THIS

मुस्ताङको मत गणना सकियो, कसले कहाँ जिते ?

०१ जेठ , काठमाडौं । मुस्ताङको तसाङ गाउँपालिकाको अध्यक्षमा एमालेका प्रदीप गौचन र उपाध्यक्षमा काँग्रेसका सोमल हिराचन निर्वाचित भएका छन् । थसाङको मत गणना सकिएसँगै यो जिल्लाका पाँचवटै (सबै) पालिकाको मतगणना सकिएको छ ।

अध्यक्ष उम्मेदवार प्रदीप गौचन एक हजार एक सय ४४ मतसहित विजयी हुँदा निकटतम प्रतिश्पर्धी कांग्रेसकी बालकुमारी शेरचनले एक हजार ५५ मत मात्रै पाइन् । उपाध्यक्षमा काँग्रेसका सोमल हिराचन १२ सय १२ मत पाएर विजयी भए ।

उपाध्यक्षमा प्रतिद्वन्द्वी एमालेकी सुमिता शेर्पाले १ हजार ८० मत पाइन् ।

थसाङसँगै लोमन्थाङ, लो–घेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा एमालेले अध्यक्ष जितेको छ । घरपझोङमा काँग्रेसले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै