६ महिनापछि सामाजिक सुरक्षा भत्ता वितरण -
Comments Add Comment

६ महिनापछि सामाजिक सुरक्षा भत्ता वितरण

२५ पुष , काठमाडौं । सोरु गाउँपालिकाले करिब ६ महिनापछि सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाले रकम निकासा गरी ज्येष्ठ नागरिकको बैंक खातामा जम्मा गर्ने थालेको हो । चौमासिक रुपमा सामाजिक सुरक्षा भत्ता निकासा गरी ज्येष्ठ नागरिकको बैंक खातामा जम्मा गर्नुपर्ने भए पनि पालिकामा लेखापाल नहुँदा ६ महिनापछि भत्ता वितरण गर्नुपरेको गाउँपालिकाले जनाएको छ ।

निर्धारित समयमै ज्येष्ठ नागरिकले भत्ता नपाउँदा औषधि उपचार, न्यानो कपडा र पोसिलो खाना किन्न तथा जुत्ताचप्पल खरिद गर्नबाट बञ्चित हुने गरेको ज्येष्ठ नागरिकको गुनासो रहेको छ । पालिकामा लेखापाल नहुँदा चौमासिक रुपमा सामाजिक सुरक्षा भत्ता निकासा गर्न नसकिएको सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले बताए । लेखापालका रुपमा जेठबहादुर बुढा आएपछि पालिकाको आर्थिक काम सुरु छ ।

वडा नं १ देखि ४ सम्मका ज्येष्ठ नागरिकको भत्ता निकासाको लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाइसकिएको र बाँकी ६ वडाको ज्येष्ठ नागरिक भत्ता निकासा प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जानकारी दिएको छ । पालिकामा कार्यरत लेखापाल जेठबहादुर बूढा गत फागुनमा सरुवा भएका थिए । तर यहाँ अरु लेखापाल जान नमान्दा वडादेखि पालिकास्तरको आर्थिक कामकाज प्रभावित भएको थियो । मंसिर अन्तिम साताबाट बुढाको काज फिर्ता भइ पुनस् सोरु गाउँपालिकामा हाजिर भएपछि कामकाज अघि बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै