Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुरको तखेल चोकमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु

काठमाडौं: मंगलबार ललितपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका वडा नम्बर १०, तखेल चोकमा मंगलबार साँझ ६ बजेर ४० मिनेट जाँदा बा ६० प ५१९५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।

सडक छेउमा रहेको रूखमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा करिब २४ वर्षीय राम माझी र २५ वर्षीय विजय माझी छन्।

प्रहरीका अनुसार दुवै सिन्धुलीको मरिण गाउँपालिकाका हुन्। उनीहरूलाई उपचार निम्ति पाटन अस्पताल लगिएकोमा त्यहीँ निधन भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै