Comments Add Comment

Advertisment

SKIP THIS

सबै माओवादीबीच एकता हुन आवश्यक : अध्यक्ष पुष्पकमल दाहाल

१५ असार , काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै माओवादीबीच एकता आवश्यक रहेको बताएका छन् ।

बधुबार विप्लव नेतृत्वको नेकपा पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका ओमप्रकाश पुनलगायत नेताहरुलाई स्वागत गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वैज्ञानिक समाजवादको लक्ष्यमा पुग्न सबै माओवादी एकजुट हुन आवश्यक रहेको बताएका हुन् ।

ओमप्रकाश लगायतका नेताहरु माओवादी केन्द्रमा फर्किंदा अन्यलाई राम्रो सन्देश गएको उनको भनाइ छ । ‘वैज्ञानिक समाजवादको दिशातिर पु¥याउन सबै माओवादी धाराहरु एकजुट हुन आवश्यक छ’ अध्यक्ष प्रचण्डले भने ।

क्रान्तिको खोजी गर्ने मोहन वैद्य र नेत्रविक्रम चन्द (विप्लव)को नियतप्रति आफ्नो शंका नभएको बताउँदै चाहनाले मात्रै क्रान्ति नहुने उनले बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘माओवादी धारा त्यसमा पनि क्रान्तिको खोजी गर्न जाने मोहन वैद्य, विप्लवको क्रान्तिकारी नियतप्रति मेरो कहिले नै शंका भएन । तर, क्रान्ति चाहनाले मात्रै हुने कुरा होइन । क्रान्ति क्रान्तिकारीले मात्रै गर्ने होइन, सही विचारमा लाखौं जनतालाई गोलबद्ध गरेर जनताले गर्ने कुरा हो ।’ उनले आ–आफ्नो कमजोरी स्वीकार गर्दै पुनर्विचार गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै