Comments Add Comment

Advertisment

SKIP THIS

बलात्कार आरोपमा वडाध्यक्षसहित दुई जना पक्राउ

१५ असार , काठमाडौं । बैतडीमा बलात्कारको आरोपमा वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको मेलौली नगरपालिका-१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँ बस्ने केशव सिंह पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशी अनुसार पीडित महिलाले दिएको जाहेरीका आधारमा वडाध्यक्षसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको छ।

उनीहरु माथि जबरजस्तीकरणी गरेको आरोप लागेको र पीडितको जाहेरीका आधारमा मंगलबार नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता जोशीले बताए।अध्यक्ष नेगी गएको वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै