Comments Add Comment

Advertisment

SKIP THIS

पेट्रोल पम्पको काउन्टरबाट ५ लाख ६१ हजार नगद चोरी गर्ने दुई जना पक्राउ

१५ असार , काठमाडौं । त्रियुगा नगरपालिका–३ स्थित उर्जा पेट्रोल पम्पको काउन्टरबाट ५ लाख ६१ हजार रुपैयाँ नगद चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षीय रोहित कार्की र २५ वर्षीय मनिस सिलवाल रहेका छन् । उनीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा

उनीहरूको साथबाट नगद ५० हजार ७ सय रुपैयाँ सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै