Comments Add Comment

Advertisment

SKIP THIS

नक्कली पेस्तोल देखाएर लुटपाट गर्न खोज्‍ने दुई जनालाई टहरीबाट प्रहरीले पक्राउ

धरान । सुनसरीबाट नक्कली पेस्तोल देखाइ लुटपाट गर्न खोज्‍ने दुई जना पक्राउ परेका छन् ।

टहरी उपमहानगरपालिका -६ मा नक्कली पेस्तोल देखाएर लुटपाट गर्न खोज्‍ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनकुटा छथर जोरपाटी गाउँपालिका-५ का ३० वर्षीय दावा छिरिङ शेर्पा र मोरङको बिराटनगर महानगरपालिका-१५ का ३५ वर्षीय शिरिस बोहरा रहेका छन् ।

लुटपाटको योजना बनाइरहेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका बोहोराको साथबाट मेड इन चाइना लेखिएको नक्कली पेस्तोल बरामत गरिएको छ ।

दुबैजनालाई सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी कानुनी कारवाहीका प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै