Comments Add Comment

Advertisment

SKIP THIS

सवारी दुर्घटना हुँदा दुईजना घाइते

१ श्रावण , काठमाडौं । ललितपुरमा सवारी दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।

प्रहरीका अनुसार ललितपुरको सानेपास्थित प्रतिभा चोकमा गएराति सानेपाबाट एकान्तकुनातर्फ जाँदै गरेको बा ७४ प ५८३८ नम्बरको मोटरसाइकल रिङरोड फास्टट्रयाक्मा बिग्रिएर रोकी राखेको ना ५ ख ४६५९ नम्बरको टिपरमा ठोक्किएको थियो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बाराको कलैया घर भएका अन्दाजी २५ वर्षीय धर्मेन्द्र महतो र पछाडि सवार भारत घर भएका अन्दाजी ४४ वर्षीय महमद अब्दुल ह्यातको अल्का अस्पताल जावलखेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment