Comments Add Comment

Advertisment

SKIP THIS

केपी ओली कुहिएको फर्सी हो : माधव नेपाल

वैशाख २३, चितवन। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कुहिएको फर्सी खान नहुने बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीतर्फ सङ्केत गर्दै उनले भने, ‘हिजो मैले नै फलाएको फर्सी आज कुहिएको छ । त्यसैले कुहिएको फर्सी खान हुँदैन, त्यसले रोगव्याधिमात्रै ल्याउँछ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले केपी ओलीलाई गफ गर्नमा विद्यावारिधि नै गरिसकेको आरोप लगाए । ‘गफ गर्नमा केपी ओलीले विद्यावारिधि नै गरिसकेका छन्, तपाईंहरुलाई गफमा जति पनि भुलाउन सक्छन्’, उनले भने, ‘त्यसैले ओलीको गफ र भ्रममा कोही पनि नपर्नुहोला । समयमा भुल्नुभयो भने फुर्सदमा पछुताउनुपर्छ ।’

अधिकांश समय केपी ओलीलाई गाली गरेरै आफ्नो मन्तव्य सक्काएका नेता नेपालले दलहरुबीचको एकताबाटै राजसंस्था फाल्न सफल भएको उदाहरण दिँदै केपी ओलीको निरङ्कुश प्रवृत्ति फाल्न पनि गठबन्धन र एकता आवश्यक भएको बताए । ‘संविधान र गणतन्त्र जोगाउन पनि पाँच दलीय गठबन्धन र एकता आवश्यक परेको हो’, उनले भने, ‘किनकि दुईपटकसम्म संसद् विघटन गर्दा हामी प्रतिपक्षी भएर नउभिएको भए देश समाप्त भइसक्थ्यो ।’

केपी ओलीको प्रतिगमनकारी कदममा अहिलेको गठबन्धन विरोधी नभएको भए गणतन्त्र नै समाप्त भइसक्ने उनले दाबी गरे । ‘हामी ओलीको विरोधी नभएको भए संविधान र लोकतन्त्र कागजमा सीमित हुनेथियो’, उनले भने, ‘त्यतिमात्र होइन, देश भ्रष्टाचारमा चुर्लुम्म डुब्ने थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै