Comments Add Comment

Advertisment

SKIP THIS

घुमुवा प्रहरी हुँ भन्दै सर्वसाधारणलाई धम्क्याउँने युवक पक्राउ

१६ असार , काठमाडौं । आफू नेपाल प्रहरीको घुमुवा प्रहरी हुँ भन्दै डर धाकधम्की देखाई सर्वसाधारणलाई दु:ख हैरानी दिएको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका-९ सिन्धुरेघारी टोल बस्ने ३२ वर्षीय सुमन बस्नेत रहेका छन् ।

चन्द्रपुर नगरपालिका-४ स्थित राजमार्गका यात्रुलाई, सोही ठाउँस्थित चोकमा मानिसहरुलाई र स्थानीय होटलहरूमा एक व्यक्तिले अनावश्यक हैरानी दिइरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर अभद्र व्यबहार शीर्षक मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ६ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै