Comments Add Comment

Advertisment

SKIP THIS

अख्तियारको निरीक्षक भन्दै पैसा असुल्ने ३ जना पक्राउ

१७ असार , काठमाडौं । अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै ठगी गरेको अभियोगमा जलेश्वर नगरपालिका-१२ थरूवाही गाउँ बस्ने ३० वर्षीय रवि ठाकुर समेत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जलेश्वर नगरपालिका-१२ नैन्ही गाउँस्थित किराना पसलमा रविले आफू अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै नगद माग गरी २ हजार २ सय भारतीय रूपैयाँ र १ हजार नेपाली रूपैया लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नैन्हीबाट खटिएको प्रहरीले रवि सहित ३ जनालाई २ थान मोटरसाइकल सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै