Comments Add Comment

Advertisment

SKIP THIS

सी डिभिजन लिगमा मनोहराको विजयी सुरुवात

१० बैशाख , काठमाडौं । सहिद स्मारक सी डिभिजन लिगमा मनोहरा युनाईटेड क्लबले विजयी सुरुवात गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार बिहान भएको खेलमा मनोहराले वीरगंज युथ एकेडेमीलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्‍यो ।

मनोहराका लागि अशिम राई, अजय कुमार चौधरी, आशिष श्रेष्ठ र विनय खड्काले १–१ गोल गरे ।

आजको दोस्रो खेलमा दिउँसो पौने १ बजे ओसिस क्लब र सानेपा क्लब आमने सामने हुनेछन् ।

तेस्रो खेलमा रानीवन स्पोर्ट्स क्लब र स्वयम्भू क्लब अपराह्न ४ बजे भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

सुरज महर्जनको विजयी सुरुवात

Advertisment

छुटाउनुभयो कि? सबै

सुरज महर्जनको विजयी सुरुवात