Comments Add Comment

Advertisment

SKIP THIS

सी डिभिजन लिगमा आरसी ३२ को विजयी सुरुवात

०९ बैशाख , काठमाडौं । शहीद स्मारक सी डिभिजन लिगमा आरसी ३२ फुटबल एकेडेमीले विजयी सुरुवात गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको दोस्रो खेलमा आरसी ३२ ले खालीबारी युथ फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

आरसी ३२ को जितमा ३७ औँ मिनेटमा आशिष लावतीले गरेको गोल नै निर्णायक बन्यो । यसअघिको उद्घाटन खेलमा भने महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगालाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

आशिष लावतीले म्यान अफ द म्याचको उपाधिका साथै ५ हजार रुपैयाँ पुरस्कार पनि प्राप्त गरे । यस पटकको सी डिभिजन लिगमा १४ टोलीहरुको सहभागिता रहेको छ ।

यसअघि चैत्र २९ गते सुरु हुने भनिएको लिग दश दिन पछि शुक्रबार शुरु भएको हो ।

आजै बेलुकी तेश्रो खेलमा अपराह्न ४ बजे पुलचौक स्पोर्ट्स क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

सुरज महर्जनको विजयी सुरुवात

Advertisment

छुटाउनुभयो कि? सबै

सुरज महर्जनको विजयी सुरुवात