Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौमा हरियो मकै बेच्नेमाथि नगर प्रहरीले दादागिरी

काठमाडौं : काठमाडौंका सडकमा हरियो मकै बेच्नेमाथि नगर प्रहरीले दादागिरी देखाएको छ।

शुक्रबार बिहान बालुवाटारको सडकमा प्रहरीले मकै बेच्नेमाथि लछारपछार गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चामा छ।

पत्रकार सृष्टि काफ्लेले खिचेर ट्विटरमा अपलोड गरेको भिडिओमा एक जना बुढा मान्छे र महिलाले नगर प्रहरीको अगाडि हात समाएर मकै नलैजान अनुरोध गर्दै गरेको देखिन्छ। नगर प्रहरीले उनीहरूमाथि लछारपछार गरेका छन्।

यसअघि काठमाडौं महानगरमा बेलुका ६ बजेपछि मात्र फुटपाथमा व्यापार गर्न पाउने बताएको थियो।

निर्धारित समय र ठाउँमा बाहेक अन्य समय र ठाउँमा व्यापार गरेको भेटे उक्त सामान जफत गरिने महानगरको चेतावनी थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै