Comments Add Comment

Advertisment

SKIP THIS

डिआईजी ज्ञेवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाको जिम्मेवारी सम्हाले

२३ असार , काठमाडौँ । नेपाल सरकार मन्त्रीस्तर २०७९/०३/१९ गतेको निर्णय अनुसार साविक तालुक साईबर व्यूरो भोटाहिटी, काठमाण्डौबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरमा काज खटिई आउनुभएका प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले कार्यालयमा पदभार ग्रहण गर्नु भएको छ ।

प्रहरी उपरीक्षकज्यू, प्रहरी नायव उपरीक्षकज्यूहरू, प्रहरी निरीक्षकज्यूहरू, जुनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको समेत सहभागिता रहेको उक्त कार्यक्रममा सम्बोधनका क्रममा विमानस्थल प्रहरीले सम्पादन गर्ने कार्यको राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत चासो रहने हुनाले समग्र राष्ट्र तथा संगठनको छवी उच्च राख्ने गरि अनुशासित र निष्पक्ष ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै