बालेनको आँसुमा बगेका छन् सपना,
नयाँ बिहानको उज्यालोले छरेका छन् चमक,
दृढ इच्छाशक्ति र संघर्षको कथा,
आफ्नै भूमिमा उभिएको महानता ।

श्रमको हरेक थोपा छातीमा बोकेर,
बालेनले देखाए नयाँ मार्ग,
अश्रुहरू बने प्रेरणाका स्रोत,
समर्पणले सजाए जीवनको पाटो ।

माटोको माया र देशको प्रेम,
बालेनको आँसुमा अटल सत्य छ,
नयाँ युगको सुरुआतको झल्को छ,
समर्पणले रचेको छ सफलता ।

हर चुनौती सामना गर्दै अघि बढे,
त्याग र बलिदानको पथमा,
बालेनको आँसु बन्यो शक्ति,
दृढ संकल्पको प्रतिक, प्रति ।

हर दुःखमा मुस्कान छर्दै,
आफ्नै देशको भविष्य बनाउँदै,
बालेनको आँसुले जनायो,
सपना सजाउन सजिलो छैन यहाँ भनेर ।

त्यसैले बगेका आँसुहरूलाई,
स्मरण गरौँ हामी सबैले,
प्रेरणाको रूपमा समर्पित,
बालेनको संघर्षलाई सम्मानित गरौं ।

हो बालेनको संघर्षलाई सम्मानित गरौं ।
उदय अतीत ,स्याङ्जा