Comments Add Comment

प्रहरीको नाम बेचेर ३५ लाख लुटपाट गर्ने काठमाडौंबाट फरार दाङको भालुवाङबाट पक्राउ

२७ जेठ , काठमाडौं । केही दिन अगाडि सस्तोमा सुन बेच्ने बहानामा काठमाडौंमा नक्कली प्रहरीले ३५ लाख रुपैयाँ लुटेको खुलेको छ । लुटपाटमा संलग्न एक जना काठमाडौंबाट पक्राउ परेका थिए । भने अर्का एक जना फरार रहेका थिए ।

गत ८ जेठमा काठमाडौंको लैनचौरमा एक व्यापारीको ३५ लाख लुटपाट भएको थियो । ३५ लाखमा एक किलो सुन बेच्ने भन्दै प्रलोभनमा पारेर व्यापारीलाई पैसा लिन लगाई पैसा लिएर उनीहरु भागेका थिए । एक किलो सुनको करिब ८० लाख पर्नेमा ३५ लाखमै पाइने भनेर ती व्यापारी प्रलोभनमा परी सस्तो सुन किन्न खोज्दा लुटिएका थिए ।

यता जिल्ला प्रहरी कार्यालय दाङको विशेष प्रहरी टोलिले गोप्य सूचना पाए पछी लुटपाटमा संलग्न १ जना फरार दाङ नारायणपुर निवासी बर्ष २५ को सुदन परियारलाई दाङको भालुवाङबाट पक्राउ गरेको छ । दाङमा एसपी सुरेश काफ्लेले प्रहरी प्रमुख भएर आए देखि जिल्लामा अपराधीक घटनाहरु धमाधम नियन्त्रणमा आएको पनि छ एसपी काफ्लेले कानुन बिपरित काम गर्ने जो कोहीलाई पनि कानुन अनुसार र गल्ती गर्ने आफ्नो प्रहरीलाई समेत कार्वाही गरेर मुद्दा समेत चलाएको छ्न ।

एसपी काफ्ले अनुसन्धानमा एक अब्बल प्रहरी अधिकृत हुन गल्ती गर्ने प्रहरीलाई समेत मुद्दा चलाएर कारागार समेत पठाएको प्रहरी स्रोतले बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै