Comments Add Comment

Advertisment

SKIP THIS

नापीमा बिचौलियाको काम गर्ने पक्राउ

८ असार , काठमाडौं । पर्साको वीरगञ्जस्थित नापी कार्यालयमा बिचौलियाको काम गर्ने एक जनालाई प्रहरीले रु एक लाख २५ हजार रकमसहित पक्राउ गरेको छ ।

निजामती कर्मचारीको पोशाक लगाएका नापी कार्यालय पर्सामा कार्यरत रहेको बताउँदै सेवाग्राहीसँग अवैध रकम असुल्दै आएको आरोपमा वीरगञ्ज महानगरपालिका–१३ मुर्लीका ६० वर्षीय दिनेश पाण्डे पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल नेतृत्वको प्रहरी टोलीले वीरगञ्जको आदर्शनगरस्थित एभरेष्ट बैंकभित्रबाट सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment