Comments Add Comment

Advertisment

SKIP THIS

धारिलो हतियार प्रयोग गरी हत्या प्रयासमा संलग्न १ जना ब्यक्ति पक्राउ

२७ माघ ,काठमाडौं । काठमाडौं महानगरपालिका–१५ स्वयम्भूस्थित ग्रिल कारखानामा मदिरा सेवनपछि विवाद हुँदा २३ वर्षीय विकास आचार्यको हत्या गर्ने प्रयास गरिएको छ । ठाडो भर्‍याङस्थित धर्म राउतले सञ्चालन गरेको कारखानामा सँगै काम गर्ने ४८ वर्षीय मिलन खत्रीले फलामको चक्कु र बन्चरो प्रहार गरेर हत्या प्रयास गरेका हुन् ।

नुवाकोटको विदुर नगरपालिका–१ घर भएका आचार्यको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भिर छ । घटनामा संलग्न सुर्खेतको वीरेन्द्रनगर घर भएका मिलन खत्रीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

आरोपीले चक्कु र बन्चरोले हिर्काउँदा आचार्यको गर्धन र टाउकोमा गहिरो चोट लागेको छ । सँगै काम गर्ने उनीहरु बीच गएराति मदिरा सेवन गर्दा विवाद भएको थियो । आचार्यले आफुलाई जथाभावी गाली गरेपछि आवेगमा बन्चरो र चक्कु प्रहार गरेको मिलन खत्रीले प्रहरीलाई बताएका छन् ।

घाइतेलाई तत्काल मनमोहन मेमोरियल अस्पताल र त्यहाँबाट ट्रमा सेन्टरमा रिफर गरिएको थियो । महानगरीय प्रहरी वृत्त स्वयम्भूले आरोपीलाई ‘ज्यान मार्ने उद्योग’ मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment