Comments Add Comment

Advertisment

SKIP THIS

चन्द्रागिरि केबलकार बिग्रिएपछि चार सय यात्रु अलपत्र

२३ असार , काठमाडौँ । चन्द्रागिरिमा बुधबार दिउँसो पौने २ बजेदेखि केबलकार बिग्रिएपछि चार सय जना मानिस डाँडामा अलपत्र परेका छन् ।साँझसम्म केबलकार सञ्चालन आउन नसकेपछि नेपाल प्रहरीले उनीहरुलाई उद्धार गरिरहेको प्रहरी वृत्त, थानकोटका डीएसपी डिल्लीनारायण पाण्डेले बताए ।टावर नं. ४ मा समस्या देखिएपछि दिउँसो पौने २ बजे राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्सिनासहित उनको परिवार पनि बीचमै अलपत्र परेको थियो । उनीहरुलाई उद्धार गर्न झण्डै आधा घन्टा लागेको थियो ।

प्रहरी स्रोतका अनुसार तिम्सिना अलपत्र परेका बेला अन्य २८ केबलकार बीचमै रोकिएका थिए । त्यतिबेला १२० जनालाई तानेर उद्धार गरिएको थियो । ‘केबलकार नचलेका कारण माथि डाँडामा अलपत्र परेका ४०० जनालाई उद्धार गरेका छौं’ पाण्डेले भने, ‘थपलाई पनि उद्धार गरिरहेका छौं ।’

उनका अनुसार गाडीमार्फत उनीहरुलाई ओसार्ने काम भइरेको छ । उद्धारका लागि प्रहरी वृत्त, कीर्तिपुरका डीएसपी पुरुषोत्तम पाण्डे, थानकोट प्रहरीका प्रहरी निरीक्षक लीला आचार्यलगायत ४० जना प्रहरीको टोली चन्द्रागिरि डाँडामा मात्रै खिटएको छ । बेसमा मेडिकल टिम, प्रहरी, ट्राफिक र सशस्त्र प्रहरी बलको टोली पनि खटिएको छ । यसअघि १६ चैत २०७८ मा पनि चन्द्रागिरिमा विद्युत् समस्याका कारण यात्रुहरु बीचमै केबलकारमा अड्किएका थिए । त्यतिबेला ३७ यात्रुलाई प्रहरीले उद्धार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै