Comments Add Comment

भीरबाट खसेर म्यादी प्रहरीको मृत्यु

१६ कार्तिक , काठमाडौं । धादिङमा गस्तीमा गएका म्यादी प्रहरीको मृत्यु भएको छ।

त्रिपुरासुन्दरी गाउँपालिका-१ सल्यानटारमा कार्यरत २१ वर्षीया भवानी खकुरेलको मृत्यु भएको हो। उनको गस्ती जानेक्रममा भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी श्यामकुमार खत्रीले जानकारी दिए।

उनका अनुसार सोमबार दिउँसो करिब १ बजेतिर सल्यानटारमा म्यादी प्रहरीहरू गस्तीमा जाँदै थिए।

बाटो छेउमा माटो भाँसिएर चिप्लिएपछि उनी अन्दाजी ५५ मिटर तल खसेकी थिइन्। उनको टाउकोमा समेत चोट लागेको थियो।

धादिङमै प्राथमिक उपचारपछि काठमाडौंको नेपाल प्रहरी अस्पतालमा रिफर गरिएको थियो। त्यहाँबाट पनि बाँसबारीस्थित न्युरो अस्पतालमा रिफर गरिएको थियो।

त्यहाँ उपचारको क्रममा मंगलबार दिउँसो ३ बजेतिर मृत्यु भएको खत्रीले बताए। बुधबार उनको काठमाडौंस्थित पशुपतिमा दाहसंस्कार गरिने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

डोल्पामा म्यादी प्रहरीको मृत्यु

Advertisment

छुटाउनुभयो कि? सबै

डोल्पामा म्यादी प्रहरीको मृत्यु