Comments Add Comment

Advertisment

SKIP THIS

डीआईजी पोषराज पोखरेलले सम्हाले कर्णाली प्रदेश प्रहरी प्रमुखको कार्यभार

२४ असार , काठमाडौँ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा प्रदेश प्रमुखको रुपमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेलले प्रदेश प्रहरी कार्यालयमा हाजिर भई कार्यालयको पदभार ग्रहण गरेका छन् ।

नेपाल सरकार गृह मन्त्रालय मन्त्रिस्तर) को यही असार १९ गतेको निर्णयानुसार प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भई कर्णाली प्रदेश प्रहरी कार्यालयमा पदस्थापना भएका डीआईजी पोख्रेलले कार्यभार सम्हालेका हुन् ।

नेपाल प्रहरी संगठनमा राम्रो छबि बनाउका उनले यसअघि विभिन्न महत्वपुर्ण स्थानमा रहेर उल्लेख्य कार्य गरिसकेका छन् । विशेष गरेर अपराध अनुसन्धान सम्बन्धी राम्रो ज्ञान भएका उनले अपराध अनुसन्धानको क्षेत्रमा विभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गर्नु भई सफलता हसिल गरेका छन् । यसैगरी उनले विभिन्न जिल्ला प्रहरी कार्यालयहरुमा समेत सफल नेतृत्व निर्वाह गरिसकेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा हाजिर भए पश्चात उनले प्रदेशका सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिदै प्रहरी आचरण र व्यवहारमा सुधार ल्याई अपराध रहित समाज निर्माणमा अहोरात्र खटिई कानूनको परिधिमा रहेर जन चाहना बमोजमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै