Comments Add Comment

Advertisment

SKIP THIS

एसएसपी बोहराद्वारा मातहतका सबै प्रमुखलाई निष्ठावान भई उत्कृष्ट काम गर्न निर्देशन

२४ असार , काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भरत बोहराले काठमाडौं प्रहरी परिसर मातहत सबै वृत्तका प्रमुखहरू डिएसपी,इन्स्पेक्टर तथा जुनियर प्रहरी कर्मचारीहरूलाई निर्देशनको क्रममा साथै आफ्नो जिम्मेवारी प्रति पूर्ण रुपमा निष्ठावान भई कार्य गर्ने निर्देशन दिएका छन् ।

एसएसपी बोहराले काठमाडौंको शान्ति सुरक्षा व्यवस्थापनलाई अझै सुदृढीकरण गर्दै सबै प्रहरी कर्मचारीहरुले आ-आफ्नो दायित्व पुरा गर्न केन्द्रित हुनुपर्ने बताउनुभयो । आफ्नो जिम्मेवारी प्रति पूर्ण रुपमा निष्ठावान भई कार्य गर्ने निर्देशन दिनुहुदै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले शान्ति सुरक्षा व्यवस्थापनलाई अझ सुदृढीकरण गर्दै सबै प्रहरी कर्मचारीहरुले आ-आफ्नो दायित्व पुरा गर्न केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

समाजमा शान्ति सुरक्षा कायम गर्दै नागरिकलाई सुरक्षाको अनुभूति गराउनका लागि प्रहरी अझ बढी संवेदनशील एवम् सक्रिय रुपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै आफ्नो मातहतका कर्मचारीहरुको मनोबल उच्च बनाई उत्कृष्ट व्यवहार, क्रियाकलाप, व्यवसायिक दक्षता तथा सिपका साथ कार्य सम्पादन गर्नतर्फ अग्रसर हुनुपर्ने बताएका छन् ।

एसएसपी बोहराले प्रहरीले सकारात्मक सोच एवम् उत्कृष्ट व्यवहार र आचरणका साथ नागरिक केन्द्रित सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । हुण्डी कारोबारी, कालो बजारी, चोरी निकासी लगायत अन्य अपराधिक गतिविधि नियन्त्रण गरी संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउनका लागि प्रहरी थप सक्रिय हुनुपर्ने उहाँले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै