Comments Add Comment

Advertisment

SKIP THIS

नागरिकतासम्बन्धी विधेयक फिर्ता लिन लागिएकोमा सांसदहरू असन्तुष्ट

२४ असार , काठमाडौँ । नागरिकतासम्बन्धी विधेयक फिर्ता लिन लागिएकामा सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीमा उक्त विधेयक सरकारले फिर्ता लिने विषय समावेश छ । बैठकको शून्य समयमा सांसद विमला विकले सरकारले के कारणले उक्त विधेयक फिर्ता लागेको भन्ने प्रश्न गर्दै असन्तुष्टि जनाइन्

सांसद भरतकुमार साहले सो विधेयक फिर्तापछि अर्को नयाँ विधेयक चाँडो ल्याएर पारित गराउन माग गरे। शून्य समयमा सांसदहरूले बाढी पहिरो नियन्त्रण र राहत दिइनुपर्ने, विद्यालयका पाठ्यपुस्तक समयमा उपलब्ध हुनुपर्ने र किसानहरूले रासायनिक मल पाउनुपर्ने, कमलबजार विमानस्थल बन्नुपर्ने, हुम्लामा छिटो खाद्यान्न उपलब्ध हुनुपर्ने विषयमा ध्यानाकर्षण गराए ।

उनीहरूले काठमाडौँको दक्षिणकाली क्षेत्रको सडक सुधार हुनुपर्ने, धरान धनकुटा सडक व्यवस्थित गर्नुपर्ने, विदेशी मुद्राको सञ्चिति वृद्धि गर्नुपर्ने, माथिल्लो अरुणको बाँध जाने बाटो सुधार हुनुपर्नेमा जोड दिए ।

शून्य समयमा सांसदहरू भीमसेनदास प्रधान, मीना सुब्बा, मीन विश्वकर्मा, यज्ञबहादुर बोगटी, यशोदा गुरुङ सुवेदी, रङ्गमती शाही, राजेन्द्रकुमार केसी, राजेन्द्रकुमार राई, राजेन्द्रप्रसाद गौतम, रामबहादुर विष्ट, रेणुका गुरुङले धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै