२९ भाद्र , काठमाडौँ । प्रतिनिधिसभा बैठक दुई घण्टा पर सरेको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेमात्र बस्ने भएको संसद् सचिवालयले जनाएको छ । संसद सचिवालयले विशेष कारणवस बैठक बस्न नसकिएकाले २ घण्टा पर सारिएको सूचनामा जनाएको छ ।
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन् ।
त्यस्तै, बैठकमा कारागार विधेयक, २०७८ माथि राष्ट्रियसभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभा बैठक आज ११ बजे विहान बस्ने कार्यसूची रहेको छ ।







