असार २४, काठमाडौं । राजधानीका सडकमा सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाहीलाई तीव्रता बढाएको छ ।

दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनको लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले आजबाट लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै कारबाही अघि बढाएको हो ।
ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारवाही गरेको जानकारी दिए । “सडकमा हतार गरी अर्को लेनमा गएर सवारी चलाउने चालकलाई कारवाहीको दायरामा ल्याएका हौं ।” उहाँले भन्नुभयो ।
ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई पहिलोपटक रु. पाँचसय, दोस्रो पटक रू. एक हजार र तेस्रो पटक पछि रू. एक हजार पाँच सय जरिवाना र एक घण्टा जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ । यस आ.व. मा १२,८६८ चालकलाई लेन अनुशासनमा कारवाही गरी जनचेतनामूलक कक्षा दिईसकेको छ ।
ट्राफिक प्रहरीले सिसीटिभी, ग्रोप्रो क्यामरा, वडीवन क्यामराबाट समेत लेन अनुशासनको अनुगमन गरी कारवाही गर्दै आएको छ । सिसीटिभीबाट पनि लेन अनुशासन कायम नगरेको भेटिएमा सवारी साधनको नम्बर टिपेर चालकलाई फोन गरी बोलाउने तथा चालककै घरमा चिठी पठाएर जरिवानासमेत गर्ने गरेको छ ।
लेन अनुशासन पालना नगरी तीव्र गतिमा गुड्ने सवारी साधनका कारण सडक दुर्घटना हुने भएकोले लेनको सही प्रयोग गरेर सवारी साधन सञ्चालन गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
उपत्यकामा सडक लेन अनुशासनलाई कडाइ गर्दै ट्राफिक प्रहरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
२
३
“द अनकाउन्टेड युथ्स”द्वारा तारकेश्वर–१ मा हरियाली अभियान : सरसफाइ र वृक्षारोपण सम्पन्न
२०८३ जेठ ३ गते , आइतबार
४
५
तारकेश्वरमा The Uncounted Youths र Anahata Nepal को संयुक्त युवा अन्तरक्रिया सम्पन्न
२०८३ बैसाख २६ गते , शनिबार
६
तारकेश्वरकी महिलाको शव शिवपुरी जंगलमा गाडिएको अवस्थामा फेला, हत्या स्वीकार्दै आरोपी पक्राउ
२०८३ बैसाख २२ गते , मंगलबार
सम्बन्धित खवर
Advertisment


