Comments Add Comment

Advertisment

SKIP THIS

गोकुलेश्वरवासीलाई सधैँ खानेपानीको पीडा

२६ असार , काठमाडौँ । बैतडी र दार्चुला जिल्लाको सीमा बजार गोकुलेश्वर दार्चुला जिल्लाको दोस्रो ठुलो सहर हो । यहाँ डिग्री कलेज, बोर्डिङ तथा सरकारी स्कुलहरू, कृषि कलेज, एक दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाका शाखा, विशेषज्ञ डाक्टरसहितको अस्पताल, निर्माणाधीन एयरपोर्ट, शैल्यशिखर नगरपालिकासहित एक दर्जन सरकारी कार्यालय छन् । निकै व्यस्त व्यापारिक केन्द्रका रुपमा रहेको यस बजारमा केही सुविधा सम्पन्न होटल तथा पसल पनि छन् ।

सुविधायुक्त शहरको रूपमा विकास हुँदै गइरहे पनि गोकुलेश्वरमा खानेपानीको समस्या भने विकराल छ । महाकाली राजमार्ग छेउमा रहेको गोकुलेश्वर बजारको तलपट्टी चौलानी नदी छ । तर, बजारमा खानेपानीको सधैँ समस्या छ । गोकुलेश्वर बजारका व्यापारीहरू चार किलोमिटर टाढाबाट पानी ल्याएर गुजारा गरिरहेका छन् भने सरकारी निकाय पानी व्यवस्थापनमा मौन छ ।

बैतडी घर भएका व्यापारी महेश नाथले भने, ‘होटल सञ्चालनका डेढ किलोमिटर पाइप जोडेर घरैबाटै पानी ल्याएको छु ।’ अर्का व्यापारी मोहनसिंह भण्डारीले अढाई किलोमिटर टाढा रहेको सिन्याडी खोलाबाट निजी लगानीमा पानी ल्याएको बताए ।

निजी लगानीमा धारा बनाउन नसक्नेहरूले भने चौलानी नदीकै दुषित पानी प्रयोग गरिरहेका छन् । १० वर्षअघि आग्री गाडखोलाबाट गोकुलेश्वर बजारमा पानी ल्याइएकोमा उक्त योजना पूरा नहुँदै बिग्रिएको स्थानीय तिलक धामीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै