२७ असार , काठमाडौं । नेकपा एमालेका सांसद् नवराज सिलवालले नेपालका शासकहरु पनि श्रीलंकामा जस्तै सिंहदरबार र बालुवाटारबाट भाग्ने अवस्था आउने चेतावनी दिएका छन् ।
आजको प्रतिनिधिसभाको बैठकको सुरुमा विशेष समय लिएर उनले यस्तो चेतावनी दिएका हुन्। निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले नेपाल प्रहरीलाई हतियार किन्न रकमान्तर गरेको सुचना बाहिरिएको भन्दै उनले कमिसनको खेल भएको आरोप लगाए।
अहिलेको पाँच दलीय गठबन्धनको सरकार पनि श्रीलंकाकै बाटोमा हिडेँको उनको विश्लेषण छ । सुडान घोटालाको स्मरण गर्दै उनले भने, ‘नेपाल प्रहरीलाई हतियार आवश्यक नभए पनि बिचौलियाहरूले फाइल खडा गरेर राजनीतिक नेतृत्वसँग सेटिङ गरेर भ्रष्टाचार हुन्छ।’ नेपाल प्रहरीलाई अहिले हतियार होइन प्रविधि चाहिएको छ।’ उनले अघि भने।



