Comments Add Comment

“साने” सिरिजले मनायाे ५१ औ भाग : अब के हाेला ?

२७ असार , काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र,सिरियल,गित संगीतले राम्रो बजार पाइरहेका छन् । बजारमा नेपाली टेलि सिरियलले पनि मिलियन भ्यूज बटुल्न थालेका छन् ।यसको मुख्य तथ्य नै भिडियोमा प्रस्तुत गरिने विषयबस्तु नै हो जसले समाजको ऎनाको रुपमा काम गर्दछ। धेरै टेलिसिरियल रास्ट्रिय मिडियाहरु बाट प्रसारण हुन्छन् भने केही स्थानीयस्तर बाट नै प्रसारण हुने गर्दछन ।

यस्तै एउटा टेलिसिरियल (सिरिज) हो ` साने ´ । जसले धेरै दर्शकको मन जित्न सफल भएको छ। यो सिरिजका लेखक तथा निर्देशक हुन् सुरज घिमिरे । उनले अहिले सम्म म्युजिक भिडियो, टि भी सिरियल, शर्ट मुभी जस्ता थुप्रै चलचित्र छायांकन, सम्पादन, निर्देशन गर्दै आएका छन् । पछिल्लो समयमा भने आफ्नै लेखन निर्देशनमा सामाजिक संदेश मुलक ” साने ” नामक सिरिज बनाई रहेका छन्। उक्त सिरिजको ५२ औ आध्याय पुगेको अवसरमा `साने´ टिम सबै मिलेर सेलिब्रेशन मनाएका छन।

साने सेरिजमा सुरज घिमिरेको लेखन, निर्देशन, सम्पादन रहेको छ। भने स्वयंम सुरज घिमिरेको अभिनय पनि हेर्न सकिन्छ। उक्त साने सेरिजमा कलाकारहरु सुरज घिमिरे ,धुर्ब पौडेल, शेस्कान्त ढकाल, कमला गैरे ,गोपाल खनाल,अर्मन शाही,बिपना पन्थ,भावना लम्साल, सम्झना ढकाल रअन्जु रसायाली उक्त कार्यक्रम मा समाबेस थिए भने, गौरीसा नेपाली आफ्नो समय प्रितिकुलका कारण उपस्थित हुन पईनन। उक्त कर्यक्रम उनि स्वयम आफै र उनको साथी धुर्ब पौडेल ले संचालन गरेको गण्डकी फिल्म्स नेपाल देखि आयोजना गरिएको थियो।

त्यस्तै यो सिरिजमा समाजमा हुने अत्याचार, अन्याय , शोषक,धनी गरिब बिच भेदभाव ,रुढीबादी परम्परा , कालो पर्दाले ढाकिएको हाम्रो समाजमा घटेरहेको सम्पुर्ण घटनालाइ समेटेर एउटा सन्देश दिइएको छ।

यस कारण पनि यो “साने” सीरिज पछिल्लो समय अझै लोकप्रिय बन्दै गएको छ। सुरज घिमिरेसहित सम्पुर्ण `साने´ का टिमलाई फर्वाडखबरको तर्फबाट अझ सफलताको शुभकामना । `साने´ सिरिजको ५२ भाग हेर्नुहोस :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै