Comments Add Comment

स्पेसलाईज्ड ट्रेनिङ्ग मेटेरियल्स फर यूएन पुलिस’ प्रशिक्षक प्रशिक्षण तालिम संचालन

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा First Asian United Nations Training and Certification of Member States’ Trainer Course (ToT) for new Specialized Training Materials for UN Police (UNPOL STM 2021) प्रशिक्षक प्रशिक्षण तालिम असार २८ गतेदेखि संचालन भएको छ ।

उक्त तालिमको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सोही प्रतिष्ठानमा आयोजित एक समारोहकावीच पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गर्नुभयो ।       

त्यसअवसरमा उहाँले सशस्त्र प्रहरी बल, नेपाल सन् २००२ देखि संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा तैनाथ रहँदै विश्व शान्ति स्थापनार्थ विशिष्ट योगदान पुर्‍याउँदै आईरहेको उल्लेख गर्नुहुँदै संयुक्त राष्ट्रसंघको म्याण्डेटमा रहेर द्वन्द्वग्रष्त मुलुकमा शान्ति सुरक्षा बहाली गर्ने कार्यमा निरन्तर क्रियाशिल रहिरहेको बताउनुभयो ।

अतिरिक्त महानिरीक्षक पौडेलले एसियाली सदस्य राष्ट्रबाट संयुक्त राष्ट्रसंघीय मिसनमा individual police officers (IPOs) को रुपमा तैनाथीको लागि मनोनित प्रहरी अधिकारीहरुलाई संयुक्त राष्ट्रसंघको मापदण्ड अनुसारको पूर्व तैनाथी प्रशिक्षण प्रदान गरी क्षमता अभिबृद्धि गर्ने उद्देश्यले संचालन गरिएको यस्ता अन्तर्राष्ट्रिय स्तरका तालिम एशियामै पहिलो पटक एपीएफ एकेडेमीमा संचालन गरी विभिन्न देशका प्रहरी अधिकारीहरुलाई एकै ठाउँमा ल्याई प्रशिक्षण गर्न पाउनु सशस्त्र प्रहरी बल, नेपालको लागि ऐतिहासिक अवसर रहेको बताउनुभयोे ।

उहाँले यस्ता तालिमले संयुक्त राष्ट्रसंघको शान्ति स्थापनाको अभियानमा खटिँदा आवश्यक पर्ने महत्वपूर्ण ज्ञान र सीप विकासमा विशेष सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।               

कार्यक्रममा ईन्टरनेशनल पुलिस पिस किपिङ्ग अपरेशन सपोर्टका कार्यक्रम निर्देशक मार्कस प्याट्रिक कर्नेलियसले सशस्त्र प्रहरी बल, नेपालले तालिम संचालन गर्नका लागि देखाएको तत्परता र श्रोत साधनको व्यवस्थापनको प्रशंसा गर्नुहुँदै तालिम पश्चात प्रशिक्षार्थीहरुले सिकेका कुराहरु आ–आफ्नो देशका संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा तैनाथीको लागि जाने प्रहरी अधिकारीहरुलाई उत्कृष्ट तवरबाट प्रशिक्षण गरी मिसनका लागि योग्य बनाउँदै लैजानु पर्नेमा जोड दिनुभयो ।

Integrated Training Service (ITS) of the Department of Peace operations (DPO) in Co-operation with the department of State Bureau of International Narcotics and Law Enforcement Affairs (INL) को आयोजनामा १० दिनसम्म संचालन हुने सो प्रशिक्षक प्रशिक्षणमा नेपाल, अष्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, किर्गिज गणतन्त्र, मलेसिया, मंगोलिया, श्रीलंका र टर्की गरी ९ देशका गरी कुल २४ जना प्रहरी अधिकृतहरु सहभागी रहेका छन् ।

कार्यक्रममा सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी, ITS का प्रशिक्षक फ्रान्सका पाओलो बोनानो, सियरालियोनका जोन टम्बे लगायत सशस्त्र प्रहरी बल,नेपालका अधिकृतहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै