Comments Add Comment

Advertisment

SKIP THIS

एसएसपी विकाश खनालले लागूऔषध नियन्त्रण ब्यूरोको कमाण्ड सम्हाले

२९ असार , काठमाडौँ । काठमाडौं लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय प्रमुखको रुपमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बिकास राज खनाल हाजिर भई कार्यालयको पदभार ग्रहण गरेका छन् ।

बुधबार एसएसपी खनालले कार्यालयमा हाजिर भएर जिम्मेवारी सम्हालेका हुन् । नेपाल प्रहरी प्रदेश कार्यालय धरान, सुन्सरीमा कार्यरत रहेका खनाललाई गृह मन्त्रालयले गत बुधबार लागूऔषध नियन्त्रण ब्यूरोको प्रमुखमा सरुवा गरेको थियो ।

नेपाल प्रहरी संगठनमा राम्रो छबि बनाउका उनले यसअघि विभिन्न महत्वपुर्ण स्थानमा रहेर उल्लेख्य कार्य गरिसकेका छन् । अपराध अनुसन्धान सम्बन्धी राम्रो ज्ञान भएका उनले अनुसन्धानको क्षेत्रमा विभिन्न अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गर्नु भई सफलता हसिल गरेका छन् । यसैगरी उनले विभिन्न जिल्ला प्रहरी कार्यालयहरुमा समेत सफल नेतृत्व निर्वाह गरिसकेका छन् ।

एसएसपी खनालले लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय हाजिर भए पश्चात उनले मातहतका सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिदै प्रहरी आचरण र व्यवहारमा सुधार ल्याई अपराध रहित समाज निर्माणमा अहोरात्र खटिई कानूनको परिधिमा रहेर जन चाहना बमोजमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment