Comments Add Comment

Advertisment

SKIP THIS

कालिमाटी प्रहरीद्वारा सुमो काउण्टरमा यात्रुलाई झन्झट दिने १० जना बिचौलियाहरु पक्राउ

काठमाडौंको बल्खुस्थित टाटा सुमो काउण्टरमा यात्रुलाई झन्झट दिने १० जना बिचौलियाहरु पक्राउ परेका छन् । तोकिएको भाडाभन्दा बढी भाडा लिई जबरजस्ती यात्रुहरु तान्ने गरेको आरोपमा महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले १० जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा स्न्धिुलीको कमलामाई नगरपालिका-९ घर भएका ३० वर्षीय हरिबहादुर पाण्डे, उदयपुरका २२ वर्षीय सञ्जय तामाङ, भारत बिहार राज्य पाहाडपुर पोटवा थानाका २९ वर्षीय राकेश कुमार श्रीवास्तव, कैलाली धनगढी नगरपालिका-१६ का २१ वर्षीय राजु थापा, रौतहट चन्द्रनिगाहपुर नगरपालिका-४ का २९ वर्षीय आकाश तामाङ छन्।

त्यसैगरी पर्साको बीरगञ्ज ३५ वर्षीय राजिव कुमार सिंह, सिन्धुली कमलामाई नगरपाकिला-१३ क ३० वर्षीय नितिश जंग राणा, सर्लाही लालबन्दी नगरपालिका-४ का २९ वर्षीय रबिन्द्र चौधरी, इलाम श्रीनन्द नगरपालिका-३ का २९ वर्षीय दोर्जे गुरुङ र दक्षिणकाली नगरपालिका-४० वर्षीय राम तामाङ छन्।

पक्राउ परेका सबैजनाविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसूरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डिएसपी अनिल घिमिरेले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै