Comments Add Comment

Advertisment

SKIP THIS

चिकित्सकको टोलीसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ गए

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ गएका छन्।

आज बिहान उनी नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोटतर्फ लागेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

हेलिकप्टरमा औषधीसहित र १६ जना चिकित्सकको टोली पनि प्रधानमन्त्री प्रचण्डसँगै भूकम्पप्र भावित क्षेत्रमा गएका छन्।

प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजीमा जुट्न सबैलाई अपिल गरेका छन्।

मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो।

भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा गरी आज बिहान ५ बजेसम्म ६४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रधानमन्त्री प्रचण्डले बिहानै सुरक्षा निकायका प्रमुखहरूलाई टेलिफोन गरी उद्धारमा जुट्न निर्देशन दिएको आचार्यले बताए।

आफैं पनि भूकम्पले पारेको क्षति निरीक्षण गर्न त्यहाँ उद्धार र खोजीको अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड बिहानै डाक्टरहरूको टोली लिएर जाजरकोट गएका हुन्।

औषधी र थप चिकित्सक लैजान अर्को हेलिकप्टर पनि तयारी अवस्थामा रहेको आचार्यले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै