काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरेर लामो दूरीमा चल्ने सवारी साधनका चालकलाई सोमबार काठमाडौंको नयाँ बसपार्कमा फूलमाला लगाएर सुरक्षित यात्राको कामना गरेको छ । 
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी र सामुदायिक सेवा केन्द्र बसपार्कका पदाधिकारीसहितको टोलीले चालकलाई फूलमाला लगाएर सुरक्षित यात्राको कामना गरेको काठमाडाैंकाे उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए । 
दशैं, तिहारलगायतका पर्वहरू मनाउनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी साधन र यात्रुको चाप बढ्दो छ । यो समयमा थप सचेत भएर सवारी साधन चलाउन आवश्यक रहेकाले चालकलाई हौसला प्रदान गरिएको पनि प्रहरी नायब उपरीक्षक रोकाले बताए । 







