रुपन्देही प्रहरीले दुईदिनमै ४० लाख भन्दा बढिको अवैध सामान बरामद -
Comments Add Comment

Advertisment

SKIP THIS

रुपन्देही प्रहरीले दुईदिनमै ४० लाख भन्दा बढिको अवैध सामान बरामद

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले भन्सार छलेर चोरी पैठारीको अवैध ४० लाख बढिको सामान बरामद गरेको छ । चोरी निकासी भइरहेको छ भन्ने सूचना र लोकेसनको आधारमा अवैध रूपमा नेपाल भित्रिसकेका १ ट्रक र १ वटा पिक अप सहित भारी मात्रामा विभिन्न बस्तु बरामद भएको हो ।

रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर बिकका अनुसार जिल्लाको रोहिणी गाउँपालिका वडा नंम्बर ३ सेमरहवा चोकस्थितबाट बिहीबार दिउँसो साँढे चार बजेको समयमा ईलाका प्रहरी कार्यालय धकधईंबाट खटिएको टोलीले नवलपरासी सुनवल नगरपालिका वडा नंम्बर ८ बस्ने बर्ष ३७ को संगित कुमार खरबिनलाई अन्दाजी १२ लाख ६२ हजार २ सय मूल्य बराबरको सामान सहित नियन्त्रणमा लिइएको हो । उनलेे चलाएको लु १ च ५८३१ नंम्बरको पिकअपलाई समेत प्रहरीले बरामद गरेको छ ।

साथै शुक्रबार सिमावर्ती क्षेत्रबाट भन्सार छलि गरि ल्याएका विविध सामाग्रीलाई नियन्त्रणमा लिईएको रुपन्देही प्रहरीले जनाएको छ ।जसमा रुपन्देहीको मायादेवि गाउँपालिका वडा न.६ बेथरीबाट २७ लाख ४७ हजार ४ सय बराबरको अवैध सामाग्री बरामद गरिएकोे छ ।

रुपन्देही जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले ना ३ ख ४४१३ नं.को ट्रकलाई शंका लागि चेकजाच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलि ल्याउदै गरेको अवस्थामा थानको कपडा १५१४ मिटर,साडी ४७४ पिस, सुट ५०८ पिस, वुलाउज ५५ पिस ट्रक, लेङ्गा ५पिस,पेटिकोट ६ पिस,सल २७ पिस, लुङगि १२ पिस, जेन्स कट्टु ८५ पिस, सेण्डो भेष्ट ८० पिस, सुति साडी ९२ पिस र टप्स ४६ पिस सामान नियन्त्रणमा लिईएको रुपन्देही प्रहरी उपरिक्षक भरत बहादुर वि.कले बताएका छन् ।

पक्राउ पर्ने ट्रकचालक जिल्ला स्याङजा पुतलीबजार नगरपालिका वडा न.१३ बस्ने बर्ष ४०का लाल बहादुर वि.क,पिकअप चालक नवलपरासी सुनवल नगरपालिका वडा नं. ८ बस्ने बर्ष ३७ को संगित कुमार खरविन र बरामद सामान,सवारी साधन सहित आवश्यक कावाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर


Notice: Undefined variable: post in /home/ghargha2/news24galaxy.com/wp-content/themes/a1-online/inc/extrafile/sambandhit.php on line 3
Advertisment

छुटाउनुभयो कि? सबै


Notice: Undefined variable: post in /home/ghargha2/news24galaxy.com/wp-content/themes/a1-online/inc/extrafile/youhavemissed.php on line 3