Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुरका १५८ स्काउटले पाए कोभिड-१९ सेवा पदक

३२ असार , काठमाडौं । भक्तपुरका एक सय ५८ स्काउटले कोभिड–१९ सेवा पदक पाएका छन् ।

नेपाल स्काउट बागमती प्रदेश स्काउटअन्तर्गत भक्तपुरका चार वटै स्थानीय स्काउट कार्यालयको आयोजनामा कोभिड–१९ नियन्त्रणमा स्वयंसेवी रुपमा सहभागी भएका भक्तपुरका स्काउट, स्काउटर एवं रोभर रेञ्जरहरू नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयबाट कोभिड–१९ सेवा पदक घोषणा गरी वितरण गरिएको हो ।

नेपाल स्काउट बागमती प्रदेश तदर्थ समितिका संयोजक शिवराम अर्यालले सेवा पदक वितरण गरेका हुन् । कार्यक्रममा भक्तपुर जिल्लाभरिका स्काउट, स्काउटर र रोभर रेञ्जर स्काउटहरूसहित एक सय ५८ जना पदकबाट विभूषित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै