Comments Add Comment

Advertisment

SKIP THIS

कर्तव्यबाट बिमुख नभई सेवा प्रवाहमा कटिवद्ध हुनु : एसएसपी भरत बोहरा

१ श्रावण , काठमाडौं । जिल्ला प्रहरी परिसर,काठमाण्डौका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भरत बहादुर बोहराद्वारा प्रहरी परिसर मातहत कार्यालयहरु निरीक्षण गर्ने क्रममा प्रहरी बृत्त कीर्तिपुर र प्रहरी प्रभाग कार्यालयको निरीक्षण तथा प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं मातहतका प्रहरी वृत्तहरुबाट सम्पादन हुने विभिन्न प्रहरी सेवा, अपराध नियन्त्रण एवं अनुसन्धान साथै जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती लगायत कोरोना भाईरस नियन्त्रणका लागि प्रहरीले गरेका विभिन्न गतिविधिहरु समेतको निरीक्षण गरि प्रहरी सेवा प्रवाहलाई थप चुष्तदुरुष्त एवं समय सान्दर्भिक बनाउन एसएसपी भरत बोहराले उक्त निरिक्षण कार्यक्रम सम्पन्न गर्नु भएको हो ।

निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै एसएसपी बोहराले जस्तोसुकै विषम परिस्थितिमा पनि विचलति नभई समाजमा शान्ति सुरक्षा तथा अमचयनको खातिर अहोरात्र तल्लिन रहनु नै नेपाल प्रहरी संगठनको गौरवमय इतिहास रहेकाले कुनैपनी प्रहरी कर्मचारी आफ्नो कर्तव्यबाट बिमुख नभई नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न कटिवद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै