Comments Add Comment

Advertisment

SKIP THIS

आफन्तको पीडा देवघाटको यात्रा !

२ श्रावण , काठमाडौं । भनिन्छ नि ”बाह्र छोरा तेह्र नाती, बुढाको धोक्रो काँधैमाथि ” जीवनमा पीडा र दर्द नभएको मानिस सायदै कम होलान् तैपनि मानिस जन्मेपछि एकपटक अनिवार्य मर्न पर्दछ । मानिसका जिउने तरिकाहरु फरक फरक छन् । मानिस एक सामाजिक चेतनशील प्राणी हो र त उसमा पारिवारीक समस्यादेखि सामाजिक समस्यासम्मका अप्ठ्याराहरु आइपर्दछन् । एक परिवारमा जव नवजात शिशुको जन्म हुन्छ तव उसका बुबा आमाले हर प्रयत्नले उसलाई हुर्काउने, बढाउने, पढाउने गर्दछन् । जवसम्म उ समाजमा प्रतिष्ठित व्यक्तिकोरुपमा स्थापित हुदैँन तवसम्म जीवनका हरेक समस्याहरुसँग जुधेर जीवनभर सँघर्ष गरि नै रहन्छन् । तर जव छोराछोरीहरु ठूला हुन्छन् तव हाम्रो नेपाली परम्पराअनुसार छोरी पराइको घरमा जानुपर्ने अनि छोराले विहे गरी घरजम गरेर बुवा आमा पालेर बस्नुपर्ने यो हाम्रो जस्तो अविकशित देशमा चलिआएको रीतिरिवाज र परम्परा हो । हाम्रो हिन्दु संस्कृति र परम्पराअनुसार विभिन्न जातजातीमा विभाजित हाम्रो जस्तो विकासोन्मुख देशमा विभिन्न समयमा चाड पर्वहरु, मेला जात्रा आइ नै रहन्छन् र हामीले हाम्रो सामाजिक मान्यतानुसार मनाउँदै गर्दा पारिवारिक सद्भाव र समय समयमा इष्ट मित्रसँगको भेटघाटले पनि एक आपसमा भाइचारा र भातृत्वको भावना पैदा हुने गर्दछ । तर नेपालीहरुको संस्कृतिअनुसार कसै कसैको एकल परिवार वस्ने गर्दछन् त कतिपय जात जातीमा कयौ पुस्तासम्म संयुक्त परिवार पनि मिलेर वस्ने प्रचलन छ । यस धरतीमा भएका विभिन्न प्राणीमध्ये मानिस एक चेतनशिल प्राणी पनि हो तर कहिले काँहि घर परिवारका सदस्यहरुमा एक आपसमा मन मुटाव भई झै-झगडा हुने स्थिति पैदा हुन्छ र यहि मन मुटावले गर्दा घरमा भएका बृद्ध बृद्धाहरु आफ्ना सन्तानहरुबाट विरक्तिएका हुन्छन् र मनमा खुलदुली पैदा भई कहाँ जाउँ, के गरौै, घरमै वसौँ भने छोरा बुहारी, नाति नातिनाको हेलाँ हुने, बुढेसकालको जिन्दगी, नबसौं भने आफन्तलाई कति पीडा दिने, घरले जा जा वनले आइज आइज भन्ने बेलामा पारिवारिक खट्पट्ले बुढाबुढीको मनमा चोट, विरह र वेदनाको घाउ बल्जिदै जान्छ र विरक्त भई घरै छोडेर हिँडौ हिडौँ जस्तो लागेर आखिर अन्तिममा कयौं बृद्ध बृद्धाहरुले आफ्ना सन्तानबाट सहारा नपाएर गन्तव्यस्थल देवघाट नै बनाउन बाध्य हुन्छन् । कतिपयका सन्तान हुदाँको अवस्थामा पनि आफ्ना छोरा बुहारी र छोरीबाटसमेत अपहेलित भई अन्तिममा रोजाई उहि देवघाट भएको स्थिति पनि यो समाजमा देखिएको छ ।

यसरी आफन्तसँगको पीडाबोध सहन नसकि जीवनको अन्तिम घडिमा देवघाट जानु कतिको उचित होला त यो हाम्रो जस्तो देशमा अनि के देवघाटले बृद्ध बृद्धाहरुलाई पर्याप्त स्याहार तथा रेखदेख गर्दछ त पक्कै पनि छैन । किनकी, जीवनमा कोहि नभएकाले पनि बृद्धाको सहारा पाइने आशाले आफ्नो बाँकि रहेको सारा जीन्दगी त्यसैमा समर्पित गर्नुपर्ने बाध्यताका भुमरीहरु देख्दा जिन्दगीको यात्रा कता कता अनि कहाँ कहाँ जस्तो लाग्दछ । यसै क्रममा देवघाटमा वसोवास गर्दै आइरहेकी एक बृद्ध महिला भन्छिन् “आफन्तबाट टाढिन पर्दाको अवस्थामा आफ्ना सन्तानहरुको मायाँ र ममता त हुन्छ नै तर के गर्ने यो जीवनको हरेक मोडमा बाध्यताका भुमरीहरु मडारिन्छन् अनि रिस र आवेगमा गन्तव्यस्थल नै यहि भयो तैपनि मनमा खिन्नताले डेरा जमाउँछ र सोच्न थाल्दछु कि, आफ्नो जस्तो अर्को हुन्न, कम्वल जस्तो बर्को हुन्न । ” यसो सोच्दा, हेर्नुहोस् त, कति कारुणिक कथा व्यथाहरु लुकेर वसेका छन् यसभित्र । देबघाटको जिन्दगी पढ्दै जाँदा त्यहाँस्थित हरेक पात्रहरुका आ–आफ्नै फरक फरक जिन्दगी छन् । कोहि घरवारविहीन, कसैका सन्तान नभएका, त कसैका काख रित्तिएका, कसैका सन्तान हूँदा हुँदै पनि अपहेलनाको जिन्दगी जिउन वाध्य भएर अन्तिममा विकल्प देवघाट भएको पनि पाइयो । अनि कतिका आफ्ना सन्तानले लगाएका ऋणको भारी बोक्न नसकि जीवनको त्यो दर्दनाक घाउलाई विसर्जन गर्नको लागि देवघाट नै रोजेको पनि देखियो । यसरी सारा जिन्दगीको पीडा जीवनको अन्तिममा एक साँघुरो कोठामा आएर थुपारिएको देख्दा कसको मन खिन्न नहोला र नीति वचनमा पनि भनिएको छ कि “ रिसाएको समयमा कहिल्यै उत्तर नदिनु, दुखि भएको समयमा कहिल्यै कसम नखानु, अनि खुशि भएको समयमा कहिल्यै निर्णय नलिनु “ तसर्थ विभिन्न समस्याहरुको वावजुद पनि सफल मानिसहरुको जिउने कला पृथक पृथक ह७३घढसन्छ । कोहि मानिसहरु अर्काको वचन सहन नसक्ने ह७३घढसन्छन् त्यसमा पनि जीवनको अन्तिम घडिमा सोचमा कहि ह्रास अनि मनमा त्रासको वातावरण छाएको हुन्छ र त एकमात्र विकल्प रोजेका हुन्छन् ती पीडित आत्माहरुले देवघाटको सहारा । तसर्थ, यो समाजमा घर परिवार सवैजना मिलेर वस्दा नै उचित हून्छ । किनकी, जीवनभरीको सघर्षको कथा व्यथा बृद्ध बुवा आमाहरुमा हुने भएकोले बुढेसकालमा अर्काको सहारामा जीवन जिउँदा आफन्तजस्तो पराई पक्कै पनि आफ्ना हुँदैनन् । जतिसुकै खाना र वस्नको सुविधा भएतापनि आफ्ना सन्तानको मायाँले हरपल सताइ नै रहेको हुन्छ ती घरवार भएर पनि घरवारविहीनहरुको आत्मालाई । अनि भनिन्छ निः “ घर छोडी पराई, कहाँ पाउनु कराई“ त्यसैले आज तपाई हामी सवैले सोच्नुर्ने समय आएको छ कि, कुनैपनि व्यक्तिहरु जुनसुकै उमेरका किन नहुन् सवैजना घर परिवारमा एक आपसमा मिलेर दुख र सुखमा एक अर्काको सहारा बनि जिउनु नै असल जिन्दगीको एक पाटो हो । र एक सचेत नागरिकले आफ्ना त छँदैछन् पराइलाई पनि सचेत गराई कोहि पनि बृद्ध बृद्धालाई जीवनको अन्तिम घडिमा वृद्धाआश्रममा जान नपर्ने वातावरण सिर्जित गर्नुपर्ने आज सवै युवाहरु र सचेत नागरिकहरुको दायित्व हो, ता कि, यसरी नै यसोधा पराजुलीजस्ता बृद्ध आमाहरुको रोदन र हर्के बाको जस्तो सन्तान पीडाको दर्दनाक कथा कोहि पनि बन्न नपरोस् । यहि नै कामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै