Comments Add Comment

Advertisment

SKIP THIS

एमाले मिसन: दुई पार्टी प्रणाली

५ साउन , काठमाडौँ । संघीय संसद्को निर्वाचन मिति घोषणा गर्ने तयारी भइरहेका बेला एमालेले नेपालमा दुई वटा मात्रै पार्टी हुनुपर्ने धारणा राखेको छ। एमाले महासचिव शंकर पोखरेलले जति धेरै पार्टी भए, मुलुकमा त्यति नै धेरै अस्थिरता बढ्ने भएकाले राजनीतिलाई सही दिशातर्फ लैजान दुईवटा मात्र पार्टी भए उपयुक्त हुने बताएका हुन्।

पार्टी प्रचार विभागद्वारा बुधबार आयोजित कार्यक्रममा महासचिव पोखरेलले भने, ‘जति धेरै पार्टी, त्यति धेरै समस्या देखिएकाले यसलाई रोक्न लोकतान्त्रिक प्रणालीमा दुईवटा मात्र पार्टी राख्नुपर्छ।’ उनले युरोप, अमेरिकामा पनि दुईवटा पार्टी सिस्टम भएको र नेपालमा पनि एउटा मुभमेन्ट कांग्रेसले गर्दा हुने र अर्को मुभमेन्टको नेतृत्व एमालेले गर्दा हुने धारणा राखे। ‘मुलुकको राजनीतिमा जति साना दलहरू हाबी हुन्छन्, त्यति मुलुकले सही बाटो समाउन सक्दैन। यहाँ तेस्रो-चौथो पार्टी प्रधानमन्त्री खोज्न हिँडिराखेको, भौंतारिराखेको देखिएको छ, यो देख्दासुन्दा नेपालको लोकतन्त्रले सही बाटो समातेको छैन,’ उनले भने।

जति धेरै पार्टी, त्यति धेरै समस्या देखिएकाले यसलाई रोक्न लोकतान्त्रिक प्रणालीमा दुईवटा मात्र पार्टी राख्नुपर्छ।– शंकर पोखरेल, महासचिव पोखरेलका अनुसार अहिले साना पार्टीले पनि सत्तामा भाग खोज्ने र बार्गेनिङ गर्ने गरेका छन्। यो समस्या कसरी हटाउन सकिन्छ भन्नेमा एमाले लागेको उनले बताए। ‘१२ प्रतिशत जनमतलाई प्रभावित गर्न सामथ्र्य नराख्ने पार्टीका नेता प्रधानमन्त्री बन्न देशविदेश दौडाहामा कुद्नुभएको छ। योभन्दा लज्जाजनक लोकतन्त्रमा के हुन्छ ?’ पोखरेलले भने। उनले एउटा ध्रुवको नेतृत्व एमालेले गर्न सक्ने र अर्को धु्रवको नेतृत्व कांग्रेसले गर्नसक्ने भएकाले पनि यो प्रस्ताव राखेको बताए। यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै