Comments Add Comment

Advertisment

SKIP THIS

अवैध लागूऔषधसहित दुई जना पक्राउ

५ साउन , काठमाडौं । सर्लाहीबाट अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीको हरिपुर नगरपालिका–९ दनुवारीबाट नियन्त्रित लागूऔषध ४ सय ९५ एम्पुल डाइजेपाम, ५ सय एम्पुल फेनारगन, १ सय ४४ एम्पुल स्पास्मोप्रोक्सभन र ५ सय एम्पुल लेबल तथा नाम नखुलेको लागूऔषधसहित साथै निजहरुको साथबाट बिभिन्न कम्पनीको मोबायल :- ५ थान बरामद गरि दुई जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–३ बस्ने ३५ वर्षीय दीपक खत्री र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–४ बस्ने २६ वर्षीय विजय लामा रहेका छन् ।

ना.२० प ९३७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी मोटरसाइकल चालक दीपक र मोटरसाइकलमा सवार विजयलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment