Comments Add Comment

Advertisment

SKIP THIS

नेपालको सिमेन्टपछि अब छड पनि भारततर्फ निर्यात

५ साउन , काठमाडौं । परम्परागत निर्यातका वस्तुबाहेक पछिल्लो समय नेपालबाट नयाँ वस्तु तथा सेवाको निर्यात सुरु भएको छ । भारतमा पहिलो पटक विद्युत् निर्यात गरेको नेपालले हालैमात्र सिमेन्ट निर्यात सुरु गरेको थियो । सिमेन्ट निर्यात सुरु भएको दुई हप्ता नबित्दै नेपालले पहिलो पटक भारतका लागि फलामे छड पनि निर्यात गरेको छ ।

रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित श्री स्टिल्स प्रालिले बुधबार पहिलो पटक फलामे छड भारत निर्यात गरेको हो। औपचारिक कार्यक्रम गर्दै उद्योगले भारतको उत्तर प्रदेशमा पहिलो पटक करिब ३५ मेट्रिक टन टीएमटी फलामे छड निर्यात भएको जनाएको हो । फलामे छड निर्यातका लागि भारत सरकारबाट गुणस्तर प्रमाणीकरण पाइसकेको र सरकारले समेत बजेटमा अनुदान व्यवस्था गरेपछि निर्यात सुरु गरिएको उद्योगका सञ्चालक राजेशकुमार अग्रवालले बताउनुभयो।

चालू आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सरकारले निर्यातको प्रचुर सम्भावना भएका वस्तुको निर्यातमा अनुदान दिने घोषणा गरेपछि सूचीमा समेटिएका सिमेन्ट तथा छडको निर्यात सम्भव भएको हो । बजेटले नेपालबाट क्लिङ्कर, सिमेन्ट, स्टिल, फुटवेयर र प्रशोधित पानी तथा सूचना प्रविधिमा आधारित सेवाजस्ता सूचीमा समेटिएका वस्तुको निर्यातमा आठ प्रतिशत नगद अनुदान दिने घोषणा गरेको गोरखापत्र अनलाइनले समाचार लेखेको छ। त्यस्तै वार्षिक १० करोड रुपियाँभन्दा बढी विद्युत् खपत गर्ने उद्योगलाई विद्युत् महसुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था बजेटले गरेको छ।
विद्युत्को अत्यधिक खपत हुने फलामे डन्डीले यो व्यवस्थाको पनि लाभ लिन सक्नेछन् । फलामे डन्डी निर्यात सुरु भए पनि सरकारले घोषणा गरेको अनुदानको कार्यविधि निर्माण गरेर तत्काल लागू हुनुपर्नेमा उद्योगीको जोड छ । त्यस्तै नेपालको गुणस्तर प्राप्त गरेका उद्योगलाई सहजै आईएसको प्रमाणीकरणका लागि भारत सरकारसँग सहजीकरण गरिदिन पनि उद्योगीले माग गरेका छन् । अहिले नेपालका उद्योगले भारतबाट यस्तो चिह्न प्रमाणीकरणका लागि एक वर्षभन्दा बढी समय खर्चनु परेको छ ।

देशभर अहिले साना तथा ठूला गरेर ३० वटा स्टिल उद्योग सञ्चालनमा छन्। तीमध्ये १० वटा उद्योगले बिलेटसमेत उत्पादन गर्छन् । यी सबै उद्योगको वार्षिक जडित क्षमता करिब ३५ लाख मेट्रिक टन छ । त्यसमध्ये नेपालमा वार्षिक बढी १५ लाख मेट्रिक टन छड तथा पत्ती मात्र खपत हुन्छ । उत्पादन क्षमताभन्दा माग कम हुँदा उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । आन्तरिक खपतपछि बाँकी रहने २० लाख मेट्रिक टन छड वार्षिक रूपमा भारत निर्यात गर्न सकिने उद्योगी बताउँछन् ।

नेपालको सीमासँग जोडिएका भारतका उत्तर प्रदेश र बिहार राज्यमा पूर्वाधार परियोजना निर्माणको काम भइरहेकाले नेपाली छडको ठूलो बजार त्यहाँ रहेको छ । ती क्षेत्रमा फलामे छडको उद्योग नरहेको र लामो दूरी पार गरेर पश्चिम बङ्गालको दुर्गापुरबाट छड ल्याउनुपर्ने बाध्यता छ । त्यसको विकल्पमा नेपालबाट छोटो दूरी र समयमै ती ठाउँमा फलामे छड निर्यात गर्न सकिने सम्भावना रहेको उद्योगीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै