Comments Add Comment

Advertisment

SKIP THIS

टिकटकर मिस पवीलाई काठमाडौँ बोलाएर वसपार्कको होटलमा पुराएर दुर्ब्यबहार गर्ने २ जना युवा को हुन् ?

२३ कात्तिक , काठमाडौ । सोशल मिडियाबाट चम्किएर कलाकार बनेकी “पबी मिस” अर्थात पवित्रा साकीले काम लगाइदिन्छु भन्दै आफ्नै मान्छेले होटलमा पुर्याएर अनैतिक हर्कत देखाएको बताएकी छिन् ।’

राधिकासँगको पडकास्टमा पबीले यो कुरा खुलाएकी हुन् । उनले जागिरको लागि काठमाडौँ बोलाएको र बसपार्क को १ होटलमा लगेर गएपछी आफुलाई नराम्रो ब्यबर गरेको बताएकी छन् ।उनले भनेकी छन् त्यो होटलमा पुराएपछी मैले जबको लागि आएको भनेर सोध्दा यहाँ रुम पनि दिइन्छ सबै कुरा हुन्छ भने अनि मलाई नराम्रो लाग्न थाल्यो , त्यो होटलमा पुराएपछी घरि के भन्ने घरि के भन्ने अनि त्यो मान्छेले एउटा केटा लिएर आयो त्यो केटा पनि हाम्रै गाउको रहेछ तर त्यो मान्छे चै प्रहरी रहेछ त्यो मान्छेले मलाई कस्तो नराम्रो टच गर्यो ।

मैले तिनिह्रुलई मलाई यस्तो नगर्नु म बच्ची हो भनेर भने । पछी त्यहि भेटिएको एक जनासँग आफुले पैसा सापट मागेर घर फर्किनु परेको बताएकी छन ।उनले आफुलाई त्यस्तो दुर्ब्यबहार गर्ने युवाको नाम भने खुलाएकी छैनन् । त्यस्तै उनले फाइदै उठाउन खोज्नेहरु चै कत्तिको फेस गर्नु पर्यो रु भन्ने प्रश्नमा उनले मलाई कस्तो अन्नोन म्यासेजहरु आइरहेको हुन्छ क्या भन्दै कुरा खोल्न थाल्छिन् । सुरुमा राम्रो तरिकाले बोल्ने पछि–पछि चै ‘स्टे’ गर्न पाइन्छ भन्ने क्या । अनि राधिका डाइरेक्ट भन्छिन् । राधिकाले थप क्लियर गर्न लाइक ‘वान नाईट स्टे’ टाइपको रु भन्छिन् । मिस पबी हो भन्छिन् ।

पबीले केही समय अघि कोही अन्जानहरुले भेटौन भनेर च्याट सुरु गरेको र आफूलेपनि भेट्दैमा के हुन्छ र हुन्छ कफी मीट गरौं भनेर रिप्लाई दिएको बताइन् । त्यसपछि ती व्यक्तिले डाइरेक्ट यौन प्रस्ताव गर्न थालेको खुलाएकी छिन् । त्यस्तो क्रम धेरैले बारम्बार दोहोर्याउने गरेको उनले बताएकी छिन् ।’

पडकास्टमा उनले आफू अब पब्लिक फिगर भइसकेकाले त्यस्ता गलत म्यासेजको लहडमा नफस्ने बताइन् । कोही गलत आशयले शोसल मिडियामा जोडिएको खण्डमा उनीहरुलाई गाली गरेर समय बर्बाद गर्नुभन्दा ब्लक गरिदिने बताइन् । भर्खर पपुलर बन्दै गएकाहरुलाईपनि उनले सचेत हुने गरी यो पडकास्टमा आफ्नो धारणा राखेकी छिन् । कतिपय कलाकार कामकै शिलशिलामा कसैलाई भेट्दा फोटो मात्र खिच्दासमेत मिस यूजको शिकार भएको हुनसक्नेप्रति आँकलन गर्दै उनले सचेत गराएकी छिन् ।’

डडेलधुराकी पवित्रा साकीले केही बर्ष अघिको वैशाखमा घटालथान मन्दिरमा लागेको मेला हेर्न जाँदा आउँदा महसुस गरेको थकान सामाजिक सञ्जाल टिकटकमार्फत् सेअर गरिन्। टिकटकमा उनले पोस्ट गरेको पहिलो भिडिओ जम्मा २० सेकेन्ड लामो थियो। तर दुई दिनमै उक्त भिडिओ झन्डै तीन लाख मानिसले हेरे। कारण थियो सुदूरपश्चिम प्रदेशमा प्रयोग हुने बोलीचालीको डोटेली भाषाको प्रयोग।’

बिस्तारै उनको चर्चा चुलिन थाल्यो। यति सम्मकी हाल उनले म्युजिक भिडिओ, धारावाहिक शृङ्खलादेखि विज्ञापन सम्ममा अभिनय गर्न थालेकी छन्। आफ्नै गाउँ ठाउँमा बोलिने भाषा धेरैले रुचाउँदा आफूलाई अघि बढ्न हौसला मिलेको उनी बताउँछिन्। उनी खुलेर बोल्न रुचाउँछिन् । मिडियामा बोल्दा समेत मन सफा भएको महशुस हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै