Comments Add Comment

Advertisment

SKIP THIS

विद्यालयले भाडामा लगाउँदै आएको ६१ वटा सटरमा काठमाडौं महानगरले लगायो ताला

२६ जेठ , काठमाडौ । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सामुदायिक विद्यालयहरूको सटरमा ताला लगाएको छ।

आइतबार महानगरभित्रका चारवटा सामुदायिक विद्यालयले भाडामा लगाउँदै आएको ६१ वटा सटरमा ताला लगाएको महानगरका शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए। उनका अनुसार व्यवसायिक प्रयोजनमा लगाइएका सटर तथा टहराहरूमा ताला लगाएको हो।

शैक्षिक क्रियाकलापका लागि उपयोग हुनुपर्ने ठाउँ भाडामा लगाएर आय गरेका सटरहरूमा ताला लगाएर प्रधानाध्यापकहरूलाई बुझाइएका छौं, उनले भने, व्यवसायीलाई आफ्ना सामान लैजान ७ दिनको समय दिइएको छ भने सटरमा पुनः व्यवसाय चलाउन पाइने छैन।

३७ वटा विद्यालयले सटर वा विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएको देखिएको महानगरपालिकाले बताएको छ। ती सबै सटर र टहरा शैक्षिक क्रियाकलापका लागि प्रयोगमा ल्याइने शिक्षा अधिकृत दाहाल बताउँछन्।

विद्यालयमा स्थान अभाव हुँदा शैक्षिक कार्यक्रम सञ्चालन गर्न असहज भएको गुनासो आएको थियो। तर आफूसँग भएको स्थानलाई प्रयोगमा ल्याउने विषयमा विद्यालयले कहिल्यै ध्यान नदिएको मेयर बालेनका सचिवालय सदस्य सस्मित पोखरेलले बताए।

ुविद्यालयमा विज्ञान र कम्प्युटर ल्याब बनाउनु पर्नेछ, उनले भने, पढ्ने संस्कृति बसाउन पुस्तकालय बनाउनु पर्ने छ। भाडामा लगाइएका स्थान खाली गरेर शैक्षिक क्रियाकलाप सञ्चालन उपयोगमा ल्याउँछौं ।

रामशाह पथस्थित रहेको पद्मोदयका १७, बागबजारस्थित सहिद शुक्रका २२, विजय स्मारकका ८ र पदमकन्या माध्यमिक विद्यालय डिल्लीबजारले भाडामा लगाएका १४ वटा सटरमा ताला लगाइएको महानगरले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment