Comments Add Comment

Advertisment

SKIP THIS

सिईओ पाण्डेलाई पितृशोक

५ साउन , काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई पितृशोक परेको छ ।

उनीहरुका बुबा दुर्गाप्रसाद पाण्डेको बिहीबार निधन भएको छ । उनको बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

पूर्वआपूर्ति सचिव समेत रहेका दुर्गाप्रसाद लामो समयदेखि मृगौला रोगबाट पीडित थिए । दिवंगत पाण्डेले भारतको लखनउ विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए गरेका थिए ।

सरकारी सेवातर्फ अस्थायी लेक्चरलका रुपमा पाटन कलेजमा सन् १९५८ मा सेक्सन अफिसर र सन् १९६१ मा पर्यटन विभागको उपसचिव बनेका थिए । उनी सन् १९६६ मा मन्त्रिपरिषद् सचिवालयको विभागीय प्रमुख, सन् १९८२ मा कोलकाताको महाबाणिज्यदूत बनेका थिए । उनी वाणिज्य मन्त्रालयको सेवाबाट सन् १९९० मा अवकाश पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै