Comments Add Comment

Advertisment

SKIP THIS

मानव बेचबिखनका फरार प्रतिवादी झापाका शेखरनाथलाई प्रहरीले ५ वर्षपछि पक्राउ

काठमाडौँ: वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन गर्ने एक फरार प्रतिवादीलाई प्रहरीले पाँच वर्ष पछि नियन्त्रणमा लिएको छ।

झापाको मेचीनगर नगरपालिका वडा नं- १४ घर भएका ४३ वर्षीय रवि भनिने शेखरनाथ प्रसाईँलाई प्रहरीले लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर विष्टले जानकारी दिए।

उनका अनुसार विसं २०७५ सालमा दुबईमा रहेका शेखरनाथ सहितका प्रतिवादीहरूले पीडितलाई लिबियामा सेक्युरिटी गार्डमा जागिर लगाइदिने भन्दै आकर्षक तलबको प्रलोभन देखाई लिबिया पुर्‍याएका थिए।

उनीहरुले पीडितको राहदानी समेत जफत गरी १५ दिनसम्म उक्त कम्पनीमा बन्धक बनाइ राखेको र दिनको १३ देखि १५ घण्टासम्म कठिन काममा लगाई पारिश्रमिक समेत नदिने गरेको पीडितलाई उद्धत गर्दै प्रहरीले जनाएको छ। उनीहरुले पीडितलाई शारीरिक/मानसिक यातना दिँदै श्रम शोषण गर्ने गरेका थिए।

मुद्दाका फरार प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोको समन्वय र जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा शेखरनाथलाई लुकीछिपी बसिरहेको अवस्थामा सोमबार पक्राउ गरिएको हो।

उनीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद भई आवश्यक अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै